Kathmandu Press

संकटामाथि मनाङ मर्स्याङ्दीको सानदार जित

काठमाडौं, माघ १५ : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले संकटा क्लबमाथि सानदार जित हात पारेको छ। 

संकटामाथि मनाङ मर्स्याङ्दीको सानदार जित

काठमाडौं, माघ १५ : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले संकटा क्लबमाथि सानदार जित हात पारेको छ। 

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मनाङले संकटा क्लबलाई ३–० गोल् अन्तरले पराजित गरेको हो। जितपछि पनि मनाङ तेसो स्थानमै रह्यो।

लिगमा अपराजित रहेको मनाङले ५ जित र ४ बराबरी खेल्दै १९ अंक जोडेको छ। २० अंक जोडेको विभागीय टिम त्रिभुनव आर्मी क्लब शीर्ष स्थानमा छ भने १९ नै जोडेको मच्छिन्द्र दोस्रो स्थानमा छ। संकटा भने १२ अंकसहित ८ औं स्थानमा छ। 

मनाङलाई जित दिलान अञ्जन विष्ट र निशान लिम्बुले एक–एक गोल गर्दा अर्को गोल भने उपहार स्वरुप पाएको थियो। मनाङले संकटाविरुद्ध पहिलो हाफमै २–० को अग्रता लिएको थियो। अमित तामाङले अञ्जनको हेडिङ क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गरेपछि मनाङले अग्रता लिएको थियो। त्यसको एक मिनेट पनि नबित्दै अञ्जनले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए।

७१ औं मिनेटमा डिबक्स बाहिरबाट निशानले उत्कृष्ट गोल गर्दै मनाङलाई ३–० को स्थितिमा पुर्‍याए । त्यसपछि खेलमा थप गोल नहुँदा मनाङ ३–० ले विजयी भयो।मनाङका खेलाडीले संकटाविरुद्धको गोल हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका बास्टेकबलका महान खेलाडी कोबी ब्रायन्टप्रति समर्पित गरेका थिए। 

मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले टिमले अहिलेसम्मकै उत्कृष्ट खेल खेलेको प्रतिक्रिया दिए। उपाधि रक्षाका लागि आगामी खेलहरुमा पनि यस्तै खेल प्रदर्शन गर्नु आवश्यक गरेको उनले बताए। 

यस्तै, संकटाका प्रशिक्षक विजय महर्जनले आत्मघाती गोल नै आफूहरुका लागि ‘ब्याडलक’ भएको बताए। उनले पहिलो हाफमा राम्रो प्रदर्शन गरेको र आत्मघाती गोलपछि खेल बिग्रिएको बताए। उनले अब ‘टप सिक्स’का लागि प्रतिस्पर्धा गर्ने बताए। 
 

प्रकाशित मिति: १८:५५ बजे, बुधबार, माघ १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्