पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व : ओली

काठमाडौं, वैशाख २२ : एमाले अध्यक्ष केपी ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताएका छन्।
२५६७ औं बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले लुम्बिनी विश्व शान्ति सहरको परिकल्पनालाई साकार रुप दिन प्रयास गर्नुपर्ने बताएका छन्।
उनले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल मात्र नभई बुद्धदर्शनको उदमगस्थल भएकाले विश्वको ध्यान जान जरुरी रहेको बताए। ‘लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल त हुँदै हो । यो बुद्ध दर्शनको उद्मस्थल पनि हो । यस तथ्यमा विश्वको ध्यान जानु जरुरी छ,’ उनले भनेका छन्।
अध्यक्ष ओलीले आफू विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतमबुद्धप्रति उच्च सम्मानसमेत व्यक्त गरेका छन्।
प्रकाशित मिति: ११:२९ बजे, शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











