Kathmandu Press

सूचनाको हक प्रजातन्त्रको प्राण हो : सभामुख

सभामुख घिमिरेले सार्वजनिक निकायले सूचना हक जानकारी गराउनुपर्छ भनेर सबैमा अभियानकै रूपमा सचेत गराउनुपर्नेमा जोड दिए।
सूचनाको हक प्रजातन्त्रको प्राण हो : सभामुख
फाइल तस्बिर ।

काठमाडौं, वैशाख २२ : सभामुख देवराज घिमिरेले सूचनाको  हक प्रजातन्त्रको प्राण भएको बताएका छन्।

राष्ट्रिय सूचना आयोगको १६औं स्थापना दिवसको अवसरमा उनले प्रजातन्त्रमा सूचनाबिना मुलुक र जनताको विकास हुन नसक्ने बताए।

‘अहिले पनि सूचनाको हक हुन्छ भन्ने धेरै जनतालाई थाहा छैन’, उनले भने, ‘सरकारले गरेका कामकारबाही पारदर्शीरूपमा सार्वजनिक गर्ने र मुलुकमा सुशासन कामय गर्ने काम सूचनाको हकले गर्छ।’

सभामुख घिमिरेले सार्वजनिक निकायले सूचना हक जानकारी गराउनुपर्छ भनेर सबैमा अभियानकै रूपमा सचेत गराउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १२:१४ बजे, शुक्रबार, वैशाख २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्