सरकारमा सहभागिताबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै
सरकारमा सहभागीताबारे निर्णय गर्न रास्वपाले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।
काठमाडौं, वैशाख २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज निर्णय गर्ने भएको छ।
सरकारमा सहभागीताबारे निर्णय गर्न रास्वपाले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।सरकारबारे निर्णय गर्न साँझ ५ बजे बैठक बस्नेछ।
यसैगरी पछिल्लो समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा आजको बैठकमा छलफल हुने सो पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति रवी लामिछाने पुनः निर्वाचित भएर आए भएपछि आज पार्टीको दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो। रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ ।
प्रकाशित मिति: १०:४१ बजे, शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











