Kathmandu Press

नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतले पदबहालीसँगै केके गरे चार निर्णय?

आज (बिहीबार)  पदभार ग्रहणपछि मन्त्री बस्नेतले नियमित सेवाका अलावा कोरोना, डेंगुलगायत सरुवा रोग फैलिन नदिन मन्त्रालयले नीतिगत नेतृत्व गर्नुका साथै संघ, प्रदेश र स्थानीय तहका साथै दातृ निकायको समन्वयमा स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन्।
नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतले पदबहालीसँगै केके गरे चार निर्णय?

काठमाडौं, वैशाख २१ : नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् ।

आज (बिहीबार)  पदभार ग्रहणपछि मन्त्री बस्नेतले नियमित सेवाका अलावा कोरोना, डेंगुलगायत सरुवा रोग फैलिन नदिन मन्त्रालयले नीतिगत नेतृत्व गर्नुका साथै संघ, प्रदेश र स्थानीय तहका साथै दातृ निकायको समन्वयमा स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन्।

उनले स्वास्थ्य बिमा कार्यक्रम सर्वसाधारण नागरिकसमेतको सहज पहुँच र सुविधाका लागि सरलीकृत गर्न आवश्यक भएकालेदातृ निकायको समेत सहभागितामा सो सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने निर्णय पनि गरेका छन्।

प्रदेश र स्थानीय तहहरूमा साधन, स्रोत, स्वास्थ्य उपकरण र सेवासुविधासहित चिकित्सकहरुलाई अधिकतम परिचालन गर्ने निर्णय पनि उनले गरे। 

अस्पतालहरुबाट दिइँदै आएको उपचार सेवा र उपलब्ध साधनस्रोतको अधिकतम उपयोग भएनभएको अनुगमन गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति बनाउने निर्णय पनि उनले गरेका छन्।

health-768x8231683201356.jpg

प्रकाशित मिति: १७:२८ बजे, बिहीबार, वैशाख २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्