गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
मुख्यमन्त्री पाण्डेको पक्षमा पक्षमा ३५ मत परेको थियो भने विपक्षमा २२ मत परेको थियो। त्यस्तै ३ जना तटस्थ बसेका थिए।
काठमाडाैं, वैशाख २१ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्।
बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत प्राप्त गरेका हुन्।
मुख्यमन्त्री पाण्डेको पक्षमा पक्षमा ३५ मत परेको थियो भने विपक्षमा २२ मत परेको थियो। त्यस्तै ३ जना तटस्थ बसेका थिए।
गण्डकी प्रदेशसभाका सभामुख कृष्ण प्रसाद घितालले मुख्यमन्त्री पाण्डेको पक्षमा बहुमत सदस्यहरुले मत दिएका कारण विश्वासको मत प्राप्त गरेको घोषणा गरे।
मुख्यमन्त्री पाण्डेलाई कांग्रेस, माओवादी र स्वतन्त्र सांसदले मत दिएका थिए भने एमाले विपक्षमा रहेको थियो त्यस्तै राप्रपा तटस्थ बसेको थियो।
प्रकाशित मिति: १७:०९ बजे, बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











