Kathmandu Press

ढिलो न्याय पाउने प्रवृत्ति अन्त्य गर्छु : मन्त्री गुरुङ

बिहीबार सिंहदरबारमा पदबहाली गर्दै मन्त्री गुरुङले सुशासनमा ध्यान केन्द्रित गर्ने भन्दै ढिलो न्याय पाउने प्रवृतिलाई अन्त्यका लागि प्रयास गर्ने बताएका हुन्।
ढिलो न्याय पाउने प्रवृत्ति अन्त्य गर्छु : मन्त्री गुरुङ

काठमाडाैं, वैशाख २१ : नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ढिलो न्याय पाउने प्रवृतिलाई अन्त्य गर्ने बताएका छन्।

बिहीबार सिंहदरबारमा पदबहाली गर्दै मन्त्री गुरुङले सुशासनमा ध्यान केन्द्रित गर्ने भन्दै ढिलो न्याय पाउने प्रवृतिलाई अन्त्यका लागि प्रयास गर्ने बताएका हुन्।

उनले चुस्त र दुरुस्त ढंगबाट सवैलाई कानून बराबर गर्ने विषय आफ्नो प्राथमिकता हुने जिकिर गरे। गुरुङले कानुनभन्दा माथि कोही पनि नहुने भन्दै कानुनबमोजिम सबै अघि बढ्नुपर्ने धारणा राखे। जुनसुकै ठाउँमा हुने भ्रष्टाचारका सन्दर्भमा कसैलाई पनि छुट नहुने उनले स्पष्ट पारे।

उनले स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएकाले यसलाई निष्पक्ष, स्वतन्त्र र चुस्त दुरुस्त बनाउन भूमिका खेल्ने बताए। 

प्रकाशित मिति: १६:५४ बजे, बिहीबार, वैशाख २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्