खेलकुद क्षेत्रको अभाव पुरा गर्न अध्ययन अघि बढाउँछु : मन्त्री लिम्बू
बिहीबार राष्ट्रपतिसमक्ष शपथ ग्रहणपरेपछि मन्त्रालयमा आएर पदबहाली गर्दै मन्त्री लिम्वुले सवै पक्षसंग खेल क्षेत्रको अभाव र समस्याका बारेमा छलफल र अध्ययन गरि यसलाई समाधान गर्दै देशको नाम आउने गरि काम गर्ने बताए।
काठमाडाैं, वैशाख २१ : नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुद क्षेत्रमा भएको अभावलाई पुरा गर्नका लागि अध्ययन अघि बढाउने बताएका छन्।
बिहीबार राष्ट्रपतिसमक्ष शपथ ग्रहणपरेपछि मन्त्रालयमा आएर पदबहाली गर्दै मन्त्री लिम्वुले सबै पक्षसँग खेल क्षेत्रको अभाव र समस्याका बारेमा छलफल र अध्ययन गरि यसलाई समाधान गर्दै देशको नाम आउने गरि काम गर्ने बताए।
उनले सबैको सल्लाह र सुझावका आधारमा काम गर्ने प्रयास हुने धारणा राखे। मन्त्रालयबाट आवश्यक कानून बनाएर यस क्षेत्रलाई पूर्ण बनाउनका लागि ध्यान केन्द्रीत गर्ने उहाको भनाइ छ।
उनले खेल क्षेत्रको साधन स्रोत र खेलाडीको सेवा सुविधालाई सम्मानजनक अवस्थामा पुराएर यस क्षेत्रलाई अघि बढाउन सकारात्मक प्रयास गर्ने बताए।
प्रकाशित मिति: १६:४४ बजे, बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











