Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरण : ८ जना पक्राउ परिसके, अब १०-११ जना बाँकी

कार्कीले सय भन्दा बढी व्यक्तिबाट २० वटा जाहेरी परेको र अनुसन्धान अघि बढिरहेको जानकारी दिए।
नक्कली भुटानी शरणार्थी प्रकरण : ८ जना पक्राउ परिसके, अब १०-११ जना बाँकी

काठमाडाैं, वैशाख २१ : प्रहरीले नक्कली शरणार्थी प्रकरणमा थप १०-११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारम्भिक अवस्था देखिएको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले नक्कली शरणार्थी प्रकरणमा हालसम्म ८ जना व्यक्ति पक्राउ परिसकेको भन्दै थप १०-११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारम्भिक अवस्था रहेको बताए।

सुरुमा ठगीबाट सुरु भएको उक्त मुद्दा संगठीत अपराधमा परिणत गरेर ४० दिनयता अनुसन्धान भइरहेको उनले बताए। कार्कीले सय भन्दा बढी व्यक्तिबाट २० वटा जाहेरी परेको र अनुसन्धान अघि बढिरहेको जानकारी दिए।

उनले पक्राउ परेका व्यक्तिहरुबारेमा जानकारी दिने गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा अन्य पक्राउ परेको भनी आएको समाचारमा सत्यता नरहेको धारणा राखे।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले सचिव टेकनारायण पाण्डे, इन्द्रजित राइ, सन्दीप रायमाझी लगाएतलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १६:३६ बजे, बिहीबार, वैशाख २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्