सरकारमा अहिले सबैलाई सकिएन, अर्कोपटक समेटिइनेछ : देउवा
बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकमा मन्त्रीमा सामेल गर्ने विषयमा गुनासो आएको थियो।
काठमाडौं, वैशाख २१ : नेपाली कांग्रेसले दलित र मधेसी समुदायबाट सरकारमा नपठाएको गुनासो आएपछि पार्टी सभापति शेरबहादुर देउवाले अहिले मिलिजुली सरकार रहेकाले सबैलाई समेट्न नसकिएको भन्दै आश्वस्त पारेका छन्।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकमा मन्त्रीमा सामेल गर्ने विषयमा गुनासो आएको थियो। स्रोतका अनुसार सहमहामन्त्री जीवन परियारले मन्त्री चयनको विषयमा गुनासो राखेका थिए। उनले आठ जना मन्त्री पठाउँदा दलित र मधेशी किन समावेशी नभएको भनेर गुनासो राखेका थिए।
प्रतिउत्तरमा सभापति देउवाले अहिले सबैलाई समेट्न सकिने अवस्था नरहेको भन्दै बाँकीलाई अर्कोपल्ट स्थान दिइने बताएका थिए। सभापति देउवाले सरकार आलोपालोमा चल्ने भएकाले पुनः अवसर आउने पनि बताए। हाल सरकारमा कांग्रेसबाट एक महिलासहित आठजना मन्त्री बनेका छन्।
प्रकाशित मिति: १६:३१ बजे, बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)