Kathmandu Press

‘रास्वपालाई सरकारमा ल्याउनुपर्छ तर गृह दिनुहुँदैन’ 

रास्वपाले सरकारमा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबारसम्मको समय दिएको छ।
‘रास्वपालाई सरकारमा ल्याउनुपर्छ तर गृह दिनुहुँदैन’ 

काठमाडौं, वैशाख २१ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा ल्याउनुपर्ने बताएका छन्। 

उनले बुधबार प्रधानमन्त्रीसहित भएको ६ दलको छलफलमा रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव दिएको पनि बताए।

बिहीबार कैलाली पुगेका नेतालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले भने, ‘रास्वपालाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको छ। पहिले पनि ल्याउने भन्ने सहमति भइसकेको थियो। मन्त्रालयको पनि टुंगो भइसकेको थियो। त्यतिबेला निर्वाचन आचारसंहिता लागु भएकोले रोकिएको हो। अब यसलाई लागु गराउने कुरामा सबै दल सकारात्मक छन्। निष्कर्षमा पुगिसकेको छैन।’

तर नेपालले रवि लामिछानेलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिन नहुने भनाइ पनि राखे।

यता रास्वपाले सरकारमा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबारसम्मको समय दिएको छ। प्रधानमन्त्री प्रचण्डले हिजो सरकारमा सहभागी भएका ६ दलको बैठक बोलाएका थिए। ६ दलिय बैठकले रास्वपालाई सरकारमा ल्याउने जिम्मा प्रधानमन्त्रीलाई दिएको छ।
 
 

प्रकाशित मिति: १६:२७ बजे, बिहीबार, वैशाख २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्