Kathmandu Press

कांग्रेसका तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

शीतल निवासमा आज (बिहीबार) राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कांग्रेसका तीन मन्त्री धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बूले शपथ लिएका हुन्।
कांग्रेसका तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, वैशाख २१ : बुधबार नियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शीतल निवासमा आज (बिहीबार) राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कांग्रेसका तीन मन्त्री धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बूले शपथ लिएका हुन्।

गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र लिम्बूलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। बुधबार तीनै जनालाई राष्ट्रपति पौडेलले मन्त्रीमा नियुक्त गरी कार्यभार तोकेका थिए।

कांग्रेसबाट यसअघि पाँच जना मन्त्री भइसकेका छन्। जसमा उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षामन्त्री, प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री, एनपी साउद परराष्ट्रमन्त्री, सीता गुरुङ सहरी विकासमन्त्री र रमेश रिजाल उद्योगमन्त्री छन्।

प्रकाशित मिति: १६:०१ बजे, बिहीबार, वैशाख २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्