Kathmandu Press

दोषी उम्काउने प्रयास हुन्न, निर्दाेषलाई फसाउन खोजिए सहन्नौं‌ : ओली

दोषी उम्काउने प्रयास हुन्न, निर्दाेषलाई फसाउन खोजिए सहन्नौं‌ : ओली

काठमाडाैं, वैशाख २१ : एमाले अध्यक्ष केपी ओलीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको घटनाका दोषी उम्कन नहुनेमा जोड दिएका छन्।

आज (बिहीबार) दिउँसो सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले दोषी उम्काउन पार्टीले प्रयास नगर्ने तर निर्दोषलाई फसाउन खोजिएको भए सह्य नहुने बताए। ‘दोषी उम्काउने हाम्रो प्रयास हुँदैन,’ ओलीले भने, ‘निर्दाेषलाई फसाउन खोजियो भने हामी सहन्नौं‌।’ 

‘नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन,’ ओलीले भने, ‘दोषी उम्काउने हाम्रो प्रयास हुँदैन।’ एमाले सचिव टोपबहादुर रायमाझी पनि यस प्रकरणमा तानिएकोबारे ओलीले भने,  ‘यो तानिएको हो कि तनाएको हो हामी अध्ययन गर्दैछौं। यो अध्ययन गरेपछि हामी निष्कर्षसाथ अघि बढ्छौं।’ 

अध्यक्ष ओलीले यो प्रकरणमा एमालेले पनि छानबिनमा सहयोग गर्ने बताए। उनले पक्राउ पुर्जी  जारी भएपछि आफूले पनि रायमाझीसँग फोन गरेर कुरा गरेको बताए।  रायमाझी काठमाडौं आउँदै गरेको पनि उनले जानकारी दिए।

प्रकाशित मिति: १५:१३ बजे, बिहीबार, वैशाख २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्