Kathmandu Press

सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतकाे अनुमति

बुधबार बेलुका रुपन्देहीमा पक्राउ परेका उनलाई आज (बिहीबार) काठमाडौं ल्याई अदलतमा पेस गरिएको थियो।
सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडौं, वैशाख २१ : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडौंले तीन तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

बुधबार बेलुका रुपन्देहीमा पक्राउ परेका उनलाई आज (बिहीबार) काठमाडौं ल्याई अदलतमा पेस गरिएको थियो।

सन्दीप एमाले सचिव एवं अर्घाखाँची–१ बाट निर्वाचित सांसदसमेत रहेका टोपबहादुर रायमाझीका छोरा हुन्। जिल्ला अदालतले बुधबार टोपबहादुर र सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

सन्दीप पक्राउ परे पनि टोपबहादुर अहिलेसम्म पक्राउ परेका छैनन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको  छ। हिजो बुधबार अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर टोपबहादुर बेलुकी बुटवल आएका थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा मामिला सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन्।

बादलका छोरा प्रतीकविरुद्ध पनि जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ। अदालतले इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

गिरोहका नाइके भनिएकाहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पनि पक्राउ परिसकेका छन्।

प्रकाशित मिति: १४:५५ बजे, बिहीबार, वैशाख २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्