Kathmandu Press

सिंहदरबारमा प्रचण्ड-ओली भेटवार्ता

भेटका लागि ओली सिंहदरबार पुगेका थिए। पुस १० गते बनेको सात दलीय गठबन्धन भत्किएपछि यी दुई नेताबीच पहिलोपटक वान टु वान भेटवार्ता भएको हो।
सिंहदरबारमा प्रचण्ड-ओली भेटवार्ता

काठमाडौं, वैशाख २० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

भेटका लागि ओली सिंहदरबार पुगेका थिए। पुस १० गते बनेको सात दलीय गठबन्धन भत्किएपछि यी दुई नेताबीच पहिलोपटक वान टु वान भेटवार्ता भएको हो।

सिंहदरबारमा भएको भेटमा उनीहरूबीच प्रधानन्यायधीश नियुक्तिका लागि संवैधानिक परिषदको बैठक, समसामयिक राजनीतिक घटनाक्रम, संसदीय समितिको सभापति चयन, संसदलाई प्रभावकारी बनाउने सवाल, आगामी बजेट लगायत विषयमा छलफल भएको जनाइएको छ।

सरकारले स्थानीय तहमा जाने ५० प्रतिशत अनुदान कटौती गरेकोमा ओलीले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १४:४७ बजे, बिहीबार, वैशाख २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्