Kathmandu Press

मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान

लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको हो।
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान

काठमाडाैं, वैशाख २१ : परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ।

लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको हो।

सो अवसरमा उनी अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनुहुनेछ। परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कनुहुने तालिका छ।

प्रकाशित मिति: १३:३४ बजे, बिहीबार, वैशाख २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्