Kathmandu Press

सिंहदरबारमा कर्मचारीको धर्ना

सत्तारुढ दल निकट कर्मचारी संगठनहरुले आन्दोलन स्थगित गरेसँगै एमाले निकट कर्मचारी संगठनले बिहीबार सिंहदरबार गेटअघि सांकेतिक रुपमा धर्ना दिएका हुन्।
सिंहदरबारमा कर्मचारीको धर्ना

काठमाडाैं, वैशाख २१ : संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै एमाले निकट कर्मचारी संगठनले सिंहदरबार गेटमा धर्ना दिएका छन्।

सत्तारुढ दल निकट कर्मचारी संगठनहरुले आन्दोलन स्थगित गरेसँगै एमाले निकट कर्मचारी संगठनले बिहीबार सिंहदरबार गेटअघि सांकेतिक रुपमा धर्ना दिएका हुन्।

निजामती ऐन जारी गर्न माग गर्दा पनि कुनै सुनुवाई नभएपछि आन्दोलन गर्न बाध्य भएको उनीहरुले बताएका छन्।

यसअघि मोबाइल एसएमएसमार्फत सचिवहरुलाई ऐन जारी गर्न ध्यानाकर्षण गराइएको र अब सिंहदरबारमा केन्द्रीत आन्दोलन गर्ने नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष प्रवास साहले जानकारी दिए ।

आन्दोलित कर्मचारी संगठनहरुमध्ये सत्ता पक्ष संगठनले भने सरकारी पक्षसँग वार्ता पश्चात् आन्दोलन स्थगित गरेका छन् ।

प्रकाशित मिति: १२:३७ बजे, बिहीबार, वैशाख २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्