‘नक्कली भुटानी शरणार्थी प्रकणमा कोही नछुटुन’
‘अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन् । संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानून भन्दा माथि कोही हुँदैन।’
काठमाडाैं, वैशाख २१ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकणमा संलग्न सकैलाई नछोड्न आग्रह गरेका छन्।
उनले सो प्रकरणमा उच्च ओहोदाका व्यक्ति भएपनि कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।
महामन्त्री थापाले बिहीबार ट्विटरमार्फत नक्कली भुटानी शरणार्थी बनाउने कार्य घटना मात्र नभई प्रवृत्ति पनि भएको बताएका छन्। संलग्न जोसुकै भएपनि उनीहरु कानुनभन्दा माथि नहुने उनले बताएका छन्।
थापाले ट्विटरमा लेखेका छन्, ‘अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन् । संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानून भन्दा माथि कोही हुँदैन।’
प्रकाशित मिति: ११:५९ बजे, बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)