गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने छन्।
काठमाडौं, वैशाख २० : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिने भएका छन्। दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने छन्।
माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा पाण्डे गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए।
विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी पाण्डेले गरेका छन् । गण्डकीमा अहिले तीन सदस्यीय मन्त्रिपरिषद् रहेको छ।
६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ३१ सांसदको आवश्यक पर्छ। गण्डकीमा कांग्रेसको २७ सिट, एमालेको २२, माओवादीको सभामुखसहित ८, राप्रपाको २ र स्वतन्त्र सांसद दीपक मनाङे छन्।
प्रकाशित मिति: १०:३२ बजे, बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)