Kathmandu Press

परराष्ट्रमन्त्री साउद आज बेलायत जाँदैं 

संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन साउद बेलायत प्रस्थान गर्न लागेका हुन्।
परराष्ट्रमन्त्री साउद आज बेलायत जाँदैं 

काठमाडौं, वैशाख २१ : परराष्ट्रमन्त्री एनपी साउद बिहीबार बेलायत प्रस्थान गर्दैछन्।

संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन साउद बेलायत प्रस्थान गर्न लागेका हुन्।

लण्डनमा रहँदा उनी वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री साउद वैशाख २६ गते स्वदेश फर्किने छन्।

प्रकाशित मिति: ०७:५९ बजे, बिहीबार, वैशाख २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्