Kathmandu Press

देशको पुरानो गौरव फार्काउन पूर्वराजाको आव्हान

उनले उद्योग धन्दा, कलकारखाना, उत्पादन निष्प्रभावी रहेका कारण अहिले पनि लाखौ युवाहरू विदेशीन बाध्य भएको बताए।
देशको पुरानो गौरव फार्काउन पूर्वराजाको आव्हान

बाँके, वेशाख २० : पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका छन्।

बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले अहिले पनि जनताको जीवनस्तर सुधार हुन नसकेको र मुलुक पनि अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका हुन्।

उनले उद्योग धन्दा, कलकारखाना, उत्पादन निष्प्रभावी रहेका कारण अहिले पनि लाखौ युवाहरू विदेशीन बाध्य भएको बताए।

शाहले लामो अवधिसम्म पनि नेपाल र नेपालीको अवस्था पुरानै परिस्थीतिमा रहेको भन्दै देशबासीको अवस्था सुधार गर्ने र जनतालाई शान्ति सुशासनका साथै समृद्धिका गर्ने आफुहरुको भावना, धारणा र नारा रहेको धारणा राखे।

प्रकाशित मिति: २१:१५ बजे, बुधबार, वैशाख २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्