अर्जुनप्रसाद पोखरेल बने अर्थ सचिव
पोखरेललाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयबाट अर्थ मन्त्रालय ल्याएको हो।
काठमाडौं, वैशाख २० : अर्जुनप्रसाद पोखरेल अर्थ सचिव बनेका छन्। पोखरेललाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयबाट अर्थ मन्त्रालय ल्याएको हो।
यससअघि अर्थमा तोयाम राय सचिव थिए। उनलाई उपराष्ट्रिपतिको कार्यालय सरुवा सुरुवा गरिएको छ।
उनी ३ वर्षअघि मात्र पोखरेल सचिवमा बढुवा भएका थिए। उनले अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, विमानस्थल भन्सार, सम्पत्ति शुद्धीकरण विभाग लगायतका निकायमा बसेर उनले कार्य अनुभव हासिल गरिसकेका छन् ।
उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिवका रुपमा समेत काम गरेका छन्।
प्रकाशित मिति: २०:२० बजे, बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)