माओवादीको पदाधिकारी बैठक बिहीबार बालुवटारमा बस्ने
बैठकमा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रम निर्माणलगायतका विषयमा छलफल हुने बताइएको छ।
काठमाडौं, वैशाख २० : सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबारका लागि बोलाइएको छ।
बैठक बिहीबार साँझ ५ बजे प्रधमानमन्त्री निवास बालुवाटामा बस्ने छ। बैठकमा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रम निर्माणलगायतका विषयमा छलफल हुने बताइएको छ।
माओवादीको बैठक पहिलो पटक बालुवाटारमा बस्न लागेको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि सरकारी भेघाट तथा बैठक बालुवाटार र सिंहदबारबाट गर्दै आएका थिए भने पार्टीका बैठक पार्टी कार्यालयमै बस्ने गरेको थियो ।
प्रकाशित मिति: १९:२३ बजे, बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)