Kathmandu Press

बझाङमा यार्सा संकलनमा हिँडेका एकको निधन, एक बेपत्ता

सुर्मा गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय प्रभु बोहराको मङ्गलबार यार्चागुम्बा सङ्कलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेला चिसोले कठ्याङ्ग्रिएर बाटोमै निधन भएको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए।
बझाङमा यार्सा संकलनमा हिँडेका एकको निधन, एक बेपत्ता

बझाङ, वैशाख २० : बझाङमा यार्सागुम्बा सङ्कलन गर्न हिमाली भेग गएका एक जनाको निधन भएको छ भने एक जना बेपत्ता भएका छन्।

सुर्मा गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय प्रभु बोहराको मङ्गलबार यार्चागुम्बा सङ्कलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेला चिसोले कठ्याङ्ग्रिएर बाटोमै निधन भएको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए।

उनका अनुसार बोहरा यार्सागुम्बा सङ्कलन गर्न चुफी वनतिर जानुभएको थियो। मङ्गलबार नै सुर्मा गाउँपालिकाकै ३३ वर्षीया झल्लादेवी बोहरा हिमपहिरोमा परेर बेपत्ता हुनुभएको छ । उहाँको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक अवस्थीले बताए।

प्रकाशित मिति: १८:३४ बजे, बुधबार, वैशाख २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्