Kathmandu Press

कांग्रेसबाट तीन मन्त्री नियुक्त : कानुनमा गुरुङ, खेलकुदमा लिम्बू र स्वास्थ्यमा बस्नेत

गत पुस ११ गते गठित मौजुदा मन्त्रीपरिषदमा नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई नियुक्त गरी कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसबाट तीन मन्त्री नियुक्त : कानुनमा गुरुङ, खेलकुदमा लिम्बू र स्वास्थ्यमा बस्नेत

काठमाडाैं, वैशाख २० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा तीन जना मन्त्री थपिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्ति गरेका छन्।

गत पुस ११ गते गठित मौजुदा मन्त्रीपरिषद्मा नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई नियुक्त गरी कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १७:४३ बजे, बुधबार, वैशाख २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्