Kathmandu Press

सत्तारुढ गठबन्धन दलको बैठक बालुवाटारमा जारी

बैठकमा सरकार विस्तार, सरकारको आगामी नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यसूची छ।
सत्तारुढ गठबन्धन दलको बैठक बालुवाटारमा जारी

काठमाडाैं, वैशाख २० : सत्तारुढ गठबन्धन दलको बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सहभागिता रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताको उपस्थिति छ।

बैठकमा सरकार विस्तार, सरकारको आगामी नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यसूची छ।

प्रकाशित मिति: १६:५९ बजे, बुधबार, वैशाख २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्