सचिव टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अदालतकाे अनुमति
अदालतले आज (बुधबार) पक्राउ पुर्जी जारी गरेपछि उपराष्ट्रपति कार्यालयका सचिव रहेका पाण्डेले (आज) जिल्ला प्रहरी परिसर काठमाडौं टेकुमा पुगेर आत्मसमर्पण गरेका थिए।
काठमाडौं, वैशाख २० : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका बहालवाला सचिव टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
अदालतले आज (बुधबार) पक्राउ पुर्जी जारी गरेपछि उपराष्ट्रपति कार्यालयका सचिव रहेका पाण्डेले (आज) जिल्ला प्रहरी परिसर काठमाडौं टेकुमा पुगेर आत्मसमर्पण गरेका थिए। प्रहरीले उनलाई तत्काल जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो।
गृह मन्त्रालयका पूर्वसचिवसमेत रहेका पाण्डेमाथि शरणार्थी भनेर अमेरिका पठाएर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असूली गरेको गिरोहसँग उनकाे मिलेमतो देखिएकाे बताइएकाे छपछि उनीविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको थियो।उनका बारेमा थप अनुसन्धान भइरहेकाे जनाइकएका छ।’











-1784808429.png)