Kathmandu Press

मिटरब्याज समस्या समाधान गर्न राष्ट्रपतिद्वारा अध्यादेश जारी 

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन्।
मिटरब्याज समस्या समाधान गर्न राष्ट्रपतिद्वारा अध्यादेश जारी 

काठमाडौं, वैशाख २० : राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गरेका छन्। 

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको प्रेश विज्ञप्तिमा राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको उल्लेख छ।

मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्ने उद्देश्यले अध्यादेश जारी भएको हो । पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि आएको यो पहिलो अध्यादेश हो।   

Adhyadesh-rastrapati-poudel-745x10241683108686.jpg

प्रकाशित मिति: १५:५१ बजे, बुधबार, वैशाख २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्