Kathmandu Press

ट्रक अनियन्त्रित भई घरमा ठोक्किँदा तीनकाे मृत्यु, पाँच घाइते

पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडकखण्डअन्तर्गत बन्दीपुर गाउँपालिका–५ आँधीखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको थियो।
ट्रक अनियन्त्रित भई घरमा ठोक्किँदा तीनकाे मृत्यु, पाँच घाइते

तनहुँ, वैशाख २० : तनहुँको बन्दीपुरमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। 

पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडकखण्डअन्तर्गत बन्दीपुर गाउँपालिका–५ आँधीखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको थियो।

आज (बुधबार) बिहान ९ बजेर २० मिनेटको समयमा उक्त घटना भएको थियो। दुर्घटनामा घाइते भएका आठ जनालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा तीनजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका १ बस्ने वर्ष १२ को आयुस भुजेल, वर्ष ५० को चेतबहादुर घर्ती र अन्दाजी ६९ वर्षका सनबहादुर भुजेल रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १५:३९ बजे, बुधबार, वैशाख २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्