सलमानले रिसाउँदै खोसे फ्यानको मोबाइल (भिडियाेसहित)
काठमाडौं, माघ १५ : बलिउड अभिनेता सलमान खानले एक व्यक्तिको मोबाइल खोसेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।
आफ्नो खराब व्यवहारका कारण वेलाव....

काठमाडौं, माघ १५ : बलिउड अभिनेता सलमान खानले एक व्यक्तिको मोबाइल खोसेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।
आफ्नो खराब व्यवहारका कारण वेलावेला आलोचित हुँदै आएका सलमान मोबाइल खोसेको भिडियो सार्वजनिक भएसँगै थप चर्चामा आएका छन्।
विमानस्थलबाट बाहिरिदैं गरेका सलमानसँग सेल्फी खिच्न उनको अघिअघि एक व्यक्ति आउँछन्। ठीक त्यहीवेला सलमानले रिसाउँदै ती व्यक्तिको फोन खोस्छन् र हिँड्छन्।
सामाजिक संजालमा भाइरल भइरहेको भिडिओमा उनले सेल्फी खिच्न आएको एक फ्यानको मोबाइल खोसेको प्रष्ट देखिएको छ।
सलमानले भारतको गोवा विमानस्थलमा मोबाइल खोसेका हुन्। यो कहिलेको हो भन्ने खुलेको छैन।
प्रकाशित मिति: १४:३५ बजे, बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












