पृथ्वीराजमार्ग चार घन्टापछि पुन: सञ्चालनमा
आज बिहान १० बजेदेखि अवरुद्ध रहेको याम्पा-आँबुखैरेनी सडकखण्ड दिउँसोबाट सञ्चालन भएको हो।
दमौली, वैशाख २० : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका ५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध भएको सडक चार घन्टापछि पुनः सञ्चालनमा आएको छ।
आज बिहान १० बजेदेखि अवरुद्ध रहेको याम्पा-आँबुखैरेनी सडकखण्ड दिउँसोबाट सञ्चालन भएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजनमा बसेको घाइतेका आफन्त, प्रहरी र जनप्रतिनिधिको बैठकले घाइतेलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सहमतिपश्चात् राजमार्ग सञ्चालन भएको हो।
डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किँदा स्थानीय घाइते भएका थिए।
प्रकाशित मिति: १५:२८ बजे, बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
