केन्द्रलगायत सबै प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछन् : अध्यक्ष नेपाल
उनले पार्टी दोस्राे चरणको संगठन सुदृढीकरणको अभियानमा जुटेको जानकारी दिँदै पहिलो चरणको अभियानबाट प्राप्त भएका अनुभवका आधारमा अघि बढ्ने बताए।
काठमाडाैं, वैशाख २० : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छिट्टै केन्द्रलगायत सबै प्रदेशका सरकारहरुले पूर्णता पाउने बताएका छन्।
एकीकृत ट्रेड युनियन महासंघ, नेपालले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले भर्खरै उपनिर्वाचन सम्पन्न भएको भन्दै अब सबै सरकारहरुले पूर्णता पाउने बताएका हुन्। अध्यक्ष नेपालले अब पार्टीको ध्यान समाजवादी मोर्चा बनाउने कुरामा केन्द्रित हुने जिकिर गरे।
उनले पार्टी दोस्राे चरणको संगठन सुदृढीकरणको अभियानमा जुटेको जानकारी दिँदै पहिलो चरणको अभियानबाट प्राप्त भएका अनुभवका आधारमा अघि बढ्ने बताए। पार्टीभित्र पद ओगट्ने प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने र जनताको भावनाअनुसार संगठनहरु चल्नुपर्ने उनले बताए।
उनले मजदुर आन्दोलनले नै कम्युनिष्ट आन्दोलनलाई शिक्षा दिएको भन्दै मजदुर संगठनले औपचारिक तथा अनौपचारिक क्षेत्रमा रहेका मजदुरको हित हुने गरि काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा अध्यक्ष नेपालले संगठनको पहिलो महाधिवशेनबाट निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए।











-1784808429.png)