Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि सचिव पाण्डे पुगे प्रहरी परिसर

भुटानी शरणार्थीका नाममा नक्कली व्यक्तिलाई अमेरिका पठाउने धन्दामा संलग्नता देखिएपछि बहालवाला सचिव पाण्डेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पक्राउ गर्न अनुमति दिएको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि सचिव पाण्डे पुगे प्रहरी परिसर

काठमाडौं, वैशाख २० : नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे काठमाडौं प्रहरी परिसरमा पुगेका छन्।

भुटानी शरणार्थीका नाममा नक्कली व्यक्तिलाई अमेरिका पठाउने धन्दामा संलग्नता देखिएपछि बहालवाला सचिव पाण्डेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पक्राउ गर्न अनुमति दिएको थियो। प्रहरीले पक्राउका लागि अनुमति पाएलगत्तै पाण्डे आफै प्रहरी परिसर पुगेका हुन्।

गृह मन्त्रालयका पूर्वसचिवसमेत रहेका पाण्डेलाई जिल्ला प्रहरी परिसर टेकुले पक्राउ गरी हिरासतमा राखेको छ। उनीमाथि शरणार्थी भनेर अमेरिका पठाएर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ ।

प्रहरीले मंगलबार मात्र तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो। तत्कालीन सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा विभिन्न कारणले छुटेका भुटानी शरणार्थीको सूचीमा अरुको नाम थपेर ठगी गर्ने गिरोहलाई सघाएको आरोप राईमाथि छ।

यस प्रकरणमा बादलका छोराको नाम र एमाले सचिव टोपबहादुर रायमाझीका छोराको नाम पनि जोडिएको जनाइएको छ। 

प्रकाशित मिति: १४:०७ बजे, बुधबार, वैशाख २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्