Kathmandu Press

पहाडी क्षेत्रमा आकर्षक कृषि आयोजनाले बसाइँसराइ रोक्नेछ : मुख्यमन्त्री कार्की

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थापन इकाई काठमाडौद्वारा यहाँ आयोजित पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजना प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै उनले यस प्रकारको आयोजनाले किसानको जीवनस्तर वृद्धि हुनुका साथै पहाडी क्षेत्र हराभरा बनाउन सफल हुने विश्वास व्यक्त गरे।
पहाडी क्षेत्रमा आकर्षक कृषि आयोजनाले बसाइँसराइ रोक्नेछ : मुख्यमन्त्री कार्की

काठमाडाैं, वैशाख २० : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रमा आकर्षक कृषि परियोजनाले बसाइँसराइ रोक्ने बताएका छन्।

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थापन इकाई काठमाडौद्वारा यहाँ आयोजित पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजना प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै उनले यस प्रकारको आयोजनाले किसानको जीवनस्तर वृद्धि हुनुका साथै पहाडी क्षेत्र हराभरा बनाउन सफल हुने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले यो परियोजनालाई व्यवहारिक रुपमा लागू गर्ने मुख्य जिम्मेवारी स्थायी सरकारको रुपमा रहेको कर्मचारीको हो भन्दै किसानलाई यसकार्यमा सहजताका साथ सहयोग पुर्‍याउन प्राविधिक तथा प्रशासनका कर्मचारीलाई आग्रह गरे। उनले मुलुकको पहाडी क्षेत्रमा विविधता भएको जलवायुका कारण फलफूल उत्पादन वृद्धि गर्न सरकारी निकाय, प्राविधिकले मेहनत अनुसार कार्य गरेमा सफल हुने विश्वास व्यक्त गर्नुभयो।

मुख्यमन्त्री कार्कीले  रोग नलाग्ने विरुवाको प्रयोग गर्न जोड दिँदै कृषिका अवकाश प्राप्त कर्मचारीलाई प्रयोग गरी उनीहरुको ज्ञान र सीपको प्रयोग गरी उत्पादन वृद्धिमा लाग्नुपर्ने बताए। उनले पहाडी क्षेत्रमा निजी क्षेत्र एवं किसानको समूह बनाइ वर्सेनि उत्पादन हुने हरियो तरकारी र अन्य सामग्री उत्पादन गरेमा उचित मूल्य प्राप्त गर्नुका साथै समग्र त्यस क्षेत्रको विकास हुने विचार व्यक्त गरे। 

उद्योग, कषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले हावापानी अनुसार पहाडी क्षेत्रमा फलफूलको उत्पादन गर्न आयोजनाले जोड दिनुपर्ने आवश्यकता औल्याउँदै स्वदेशी जनशक्ति विदेश पलायन हुने कार्य रोकथाम गर्न आयोजना सक्षम हुने विचार राखे।

मन्त्रालयका सचिव मेघनाथ तिम्सिना, नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउत, परियोजना निर्देशक  राजेन्द्र कोइराला र प्रकाशकुमार डाँगीले परियोजनाले किसानलाई उत्साह जगाउनुका साथै स्थानीय तहको सहयोगमा किसानको आम्दानी वृद्धि गर्नुका साथैका पर्यावारणमा सुधार गरी समग्र क्षेत्रको विकास कार्यलाई अघि वढाउने विश्वास व्यक्त गरे। 
    
एशियाली विकास बैकको ९३ दशमलव पाँच मिलियन डलर ९रु १२ अर्व०को सहयोगमा नेपालको पहाडी जिल्लामा फलफुल बाली उत्पादन वृद्धि गर्न आगामी सात वर्षका लागि पाँच प्रदेशका ३४ जिल्लाको एक सय पालिकामा उक्त आयोजना लागु गरिएको छ।

कोसी प्रदेशको सात जिल्लाको २२ पालिकामा सुन्तला, कागती, जुनार तथा किबि, एभोकाडो, स्याउ, ओखर, जापानीज कटुस, ओखर प्रजाति, हाडेवदाम लगायतका उत्पादन वृद्धि गर्नु आयोजनाको मुख्य लक्ष्य रहेको अधिकृत युकमणि भट्टराईले जानकारी दिए। आयोजनामा किसान, कृषि उद्यमी, सहकारी समूह र लाभग्राही स्थानीय तह रहेका छन्।

प्रकाशित मिति: १२:५७ बजे, बुधबार, वैशाख २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्