सत्तारुढ गठबन्धन दलको बैठक बस्दै
बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
काठमाडौं, वैशाख २० : सत्तारुढ गठबन्धन दलको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले बताए।
बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
यस्तै, गठबन्धनमा रहेपनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ।
त्यस्तै, आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठकसमेत बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: ११:३६ बजे, बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)