प्रधानमन्त्रीलाई लक्षित गर्दै माधव नेपालले भने– सरकारमा एकलौटी गर्नुभएको छ, यो स्वीकार्य छैन
‘प्रचण्डजीलाई भन्न चाहान्छु, तपाईंहरूले जसरी हामीलाई बेवास्ता गरेर सरकारमा एकलौटी गर्नुभएको छ, यो हामीलाई स्वीकार्य छैन।’
सुर्खेत, वैशख २० : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादीको व्यवहार आफूहरुलाई स्वीकार्य नभएको बताएका छन्। सुर्खेतमा आयोगित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले कर्णालीमा आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको भन्दै माओवादीको व्यवहारप्रति आपत्ति जनाए।
‘प्रचण्डजीलाई भन्न चाहान्छु, तपाईंहरूले जसरी हामीलाई बेवास्ता गरेर सरकारमा एकलौटी गर्नुभएको छ, यो हामीलाई स्वीकार्य छैन,’ अध्यक्ष नेपालले भने। उनले माओवादीले पीडा दिएको बताउँदै मर्माहित भएको बताए।
अध्यक्ष नेपालले माओवादीको व्यवहारको आलोचना मात्र नभई निन्दा गर्न मन लाग्ने उल्लेख गरे। यस्तै प्रवृत्तिहरु देखाउने हो भने गठबन्धन टिक्नेमा पनि प्रश्न उठ्ने उनले बताए।
माओवादी दिएको पीडाले आफूहरु मर्माहित भएको बताउँदै उनले गठबन्धनप्रति शंका गर्नुपर्ने कुरा नरहेको बताए । कर्णालीका कार्यकर्तालाई परेको पीडालाई समेत सम्बोधन गर्ने हिसाबले आफूले यो अभिव्यक्ति प्रकट गरेको उनको भनाइ छ।











-1784808429.png)