गुल्मीमा दुई महिनामा दुई हजार हेक्टर वनमा डढेलो
डढेलोबाट दुईजनाको ज्यान जानुका साथै साना बिरुवा, पातपतिङ्गर, चराचुरुङ्गी एवं विभिन्न जडीबुटी पूर्णरूपमा नष्ट भएका छन् ।गुल्मी, वैशाख २०ः गुल्मीमा दुई हजार हेक्टर सामुदायिक वनमा डढेलो लागेको छ । गत वर्षको चैत र यस वर्ष वैशाखमा गरि जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ । डढेलोबाट साना बिरुवा, पातपतिङ्गर, चराचुरुङ्गी एवं विभिन्न जडीबुटी पूर्णरूपमा नष्ट भएका छन् ।
ठूला रुखमा पनि आंशिक क्षति पुगेको डिभिजन वन कार्यालयका सूचना अधिकारी मुना शर्माले जानकारी दिएका छन् । डढेलोबाट कतिपय जङ्गली जनावरको मृत्यु भएको छ भने कतिपयले बासस्थान परिवर्तन गरेका छन् । सबैभन्दा धेरै रेसुङ्गा र मुसिकोट नगरपालिकामा सात सय नौ हेक्टर सामुदायिक वनमा आगलागी भएको शर्माले जानकारी दिए ।
डढेलोमा परी जिल्लामा दुई जनाको ज्यान समेत गएको छ । धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखिया र ५३ वर्षीय धनबहादुर जोगी कुँवरको आगो निभाउने क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: १०:५१ बजे, बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महाबु गाउँपालिकामा समाजवादीका उम्मेदवारले गरे एमालेलाई समर्थनबिहीबार, मंसिर १३, २०८१
काठमाडौं महानगरले माग्यो मारवाडी सेवा समितिको कागजातबिहीबार, मंसिर १३, २०८१
निर्वाचन आयोगले भन्यो– अवाञ्छित गतिविधि गर्नेलाई तत्काल कारबाही गर्नू बिहीबार, मंसिर १३, २०८१
स्वामीकार्तिकमा एमालेलाई माओवादी उम्मेदवारको समर्थन, नेकपा एसलाई भोट हाल्न माओवादीको सर्कुलर बिहीबार, मंसिर १३, २०८१