डाटा हराएपछि लोक सेवाले पुनः माग्यो आवेदन
२०७९ मंसिरमा प्रकाशित शाखा अधिकृत, पुसमा प्रकाशित नायब सुब्बा तथा माघमा प्रकाशित नायब सुब्बा प्राविधिकलगायतको पदमा पुनः दरखास्त माग गरेको हो ।
काठमाडौं, वैशाख २० : लोक सेवा आयोगले पुनः दरखास्त मागेको छ । आयोगको अनलाइन दरखास्त प्रणाली होष्ट गरिएको सरकारी एकीकृत डाटा हराएपछि प्रक्रिया अघि बढ्न सकेको थिएन ।
२०७९ मंसिरमा प्रकाशित शाखा अधिकृत, पुसमा प्रकाशित नायब सुब्बा तथा माघमा प्रकाशित नायब सुब्बा प्राविधिकलगायतको पदमा पुनः दरखास्त माग गरेको हो । पहिले दस्तुर बुझाएर दरखास्त स्वीकृत भएका तथा दरखास्त स्वीकृत हुन बाँकी उम्मेदवारका लागि मात्र पुनः दरखास्त दिन पाउने प्रावधान राखिएको छ । त्यसका लागि आगामी जेठ १८ सम्मको समय दिइएको छ ।
आयोगले डाटा रिकभरीको कार्य भइरहेपनि कहिलेसम्म हुने र के कति डाटा रिकभर हुने यकिन गर्न नसकिएको बताएको छ ।
पूर्वप्रकाशित विज्ञापनलाई यथास्थितिमा राखिरहँदा जेठदेखि सञ्चालन हुने गरी तोकिएका परीक्षा प्रभावित हुने भन्दै लोकसेवाले पुन विज्ञापन गरेको जनाएको छ ।
प्रकाशित मिति: ०८:१८ बजे, बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)