कांग्रेस नेता भण्डारीको फ्रन्टलाइन अस्पतालमा उपचार सुरु
काठमाडौंको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उनलाई मंगलबार भर्ना गरेर उपचार सुरु गरिएको अस्पतालका प्रमुख डा. नवराज पाण्डेले जानकारी दिए।
काठमाडौं, वैशाख १९ : आगलागीमा परी घाइते हुनुभएका नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको थप उपचार आजदेखि काठमाडौंमै सुरु गरिएको छ।
काठमाडौंको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उनलाई मंगलबार भर्ना गरेर उपचार सुरु गरिएको अस्पतालका प्रमुख डा. नवराज पाण्डेले जानकारी दिए।
गत फागुन ४ गते राति घटना हुनासाथ प्रारम्भिक उपचार गराइएको कीर्तिपुर वर्न अस्पतालका प्रमुख तथा वरिष्ठ चिकित्सक डा शङ्करमान राईसँग परामर्श गरी फ्रन्टलाइनमा भर्ना गरिएको हो।अस्पतालले उनका लागि आवश्यक सबै सेवा, सुविधा निःशुल्क प्रदान गर्ने बताएको छ।
उनको उपचारमा वरिष्ठ चिकित्सक डा. चक्रराज पाण्डे र उनका टिम संलग्न छ। अस्पतालमा अहिले फिजियोथेरापी, ड्रेसिङलगायतका उपचार गराइने डा. पाण्डेले बताए।
घरमै ग्यास लिग भएर आगलागीमा गम्भीर घाइते भएका डा. भण्डारीको भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार गराइएको थियो । भारतबाट आइतबार स्वदेश फर्किनुभएका भण्डारीको शरीरका अधिकांश भागमा जलेको घाउ रहेको छ।
शरीरमा सङ्क्रमण हुने खतरा कायमै रहेकाले अस्पताल प्रशासन र चिकित्सकले भेटघाटमा अझै पनि प्रतिबन्ध लगाएका छन्।











-1784808429.png)