मिटरव्याज समस्या समाधान गर्न सरकारले कानुन बनाउने
मिटरव्याजीसँग सम्बन्धी समस्या छिटो भन्दा छिटो समाधान गर्नका लागि आवश्यक कानूनी व्यवस्था गर्न लागिएको उनले बताइन्।
काठमाडौं, वैशाख १९ : मिटरव्याजीसँग सम्बन्धीत समस्या समाधानका लागि सरकारले आवश्यक कानून निर्माण गर्ने भएको छ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले मिटरव्याजीसँग सम्बन्धीत समस्या समाधानका लागि अध्यादेशमार्फत आवश्यक कानून निर्माण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन।
मिटरव्याजीसँग सम्बन्धी समस्या छिटो भन्दा छिटो समाधान गर्नका लागि आवश्यक कानूनी व्यवस्था गर्न लागिएको उनले बताइन्।
प्रवक्ता शर्माले बुधबार पनि मन्त्रीपरिषद् बैठक बस्ने र अन्य निर्णय हुने बताइन्।
प्रकाशित मिति: १९:१३ बजे, मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)