Kathmandu Press

दार्चुला हिमपहिरोमा ५ जना वेपत्ता

दार्चुलाको ब्याँस नगरपालिका–१ स्थित बोलिनमा गएको हिमपहिरोमा ४ जना महिला र १ जना पुरुष वेपत्ता भएको प्ररहीले जनाएको छ।
दार्चुला हिमपहिरोमा ५ जना वेपत्ता

दार्चुला, वैशाख १९ : आज दिउँसो दार्चुलामा गएको हिमपहिरोमा ५ जना वेपत्ता भएका छन्।

दार्चुलाको ब्याँस नगरपालिका–१ स्थित बोलिनमा गएको हिमपहिरोमा ४ जना महिला र १ जना पुरुष वेपत्ता भएको प्ररहीले जनाएको छ।

मंगलबार दिउँसो पौने ३ बजे गएको हिमपोहिरोमा यार्सा टिप्न गएका स्थानीय फसेका थिए। तीमध्ये सातजना भने सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

फसेकाहरूकाे उद्दारका लागि सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ।

ब्याँसमा अहिले पनि वर्षा र हिमपात भइरहेकाले फसेकाहरुको हेलिकोप्टर पठाएर उद्दार गर्न नसक्ने अवस्था नभएको बताइएको छ।

 

प्रकाशित मिति: १९:०२ बजे, मंगलबार, वैशाख १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्