प्ररधानमन्त्री दाहालसँग महानिर्देशक डा. बरमेजोको भेट
प्रधानमन्त्री दाहालले महिलाको पाठेघरमा हुने क्यान्सरको जोखिम हुन नदिन अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघले नेपाल सरकारमार्फत थप स्वास्थ्य सेवाका कार्यक्रम विस्तार गर्न र लगानी बढाउन आग्रह गरेको बताइएको छ।
काठमाडौं, वैशाख १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल र अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघका महानिर्देशक डा. अल्भेरो बरमेजोबीच भेटवार्ता भएको छ। मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा उनीहरुबीच स्वास्थ्य सेवा क्षेत्रका विविध विषयका कुराकानी भएको बताइएको छ।
सो अवसरमा प्रधानमन्त्री दाहालले महिलाको पाठेघरमा हुने क्यान्सरको जोखिम हुन नदिन अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघले नेपाल सरकारमार्फत थप स्वास्थ्य सेवाका कार्यक्रम विस्तार गर्न र लगानी बढाउन आग्रह गरेको बताइएको छ।
प्रधानमन्त्री दाहालले महासंघले यौन तथा प्रजनन स्वास्थ्य सेवाका विविध क्षेत्रमा नेपाललाई गरेको आर्थिक एवं प्राविधिक सहयोगका लागि महानिर्देशक डा. बरमेजोलाई धन्यवाद दिएका थिए।
महानिर्देशक डा. बरमेजोले महासंघले आगामी दिनमा नेपाललाई प्रदान गर्दै आएको आर्थिक एवं प्राविधिक सहयोग थप वृद्धि गर्ने बताएका थिए।
भेटमा नेपाल परिवार नियोजन सघका अध्यक्ष हिमाल कसजू, महासंघका दक्षिण एसियाली क्षेत्रीय निर्देशक सोनाल मेहेता, प्राविधिक सल्लाहकार डा. हरजोत खोसा पनि सहभागी थिए।
महासंघ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कामा गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको संस्था हो। महासंघमा विश्वका एक सय ८९ देशका परिवार नियोजन संघ आबद्ध छन्।











-1784808429.png)