यातायात कार्यालयका उपसचिव भट्टराईविरुद्ध १ करोड बढीको भ्रष्टाचार मुद्दा
अख्तियारले भट्टराईविरुद्ध १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।
काठमाडौं, वैशाख १९ : यातायात व्यवस्था कार्यालय, सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका उपसचिव सुन्दर भट्टराईविरुद्ध १ करोडबढीको भ्रष्टाचार मुद्दा लागेको छ।
भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड १५ लाख बराबरको मुद्दा विशेष अदालतमा दायर गरेको छ।
भट्टराईको सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत नखुलेको अख्तियारले दाबी गरेको छ। उनको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रहेको तर उनको खर्च ३ करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा देखिएको अख्तियारले जनाएको छ।
अख्तियारले भट्टराईविरुद्ध १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बिगो माग गर्दै मुद्दा दायर गरेको छ।
भट्टराईले अवैध आर्जनको सम्पत्ति पत्नी मुना अधिकारी भट्टराई र छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको देखिएको भन्दै उक्त रकम जफत गर्न माग गरेको छ ।











-1784808429.png)