Kathmandu Press

एमाले सांसद् कोइरी निलम्बित

हत्या अभियोगमा फरारा रहेका कोइरीलाई सभामुख देवराज घिमिरेले मंगलबार प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेका हुन्।
एमाले सांसद् कोइरी निलम्बित

काठमाडाैं, वैशाख १९ : नेकपा एमालेका सांसद् लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन्। हत्या अभियोगमा फरारा रहेका कोइरीलाई सभामुख देवराज घिमिरेले मंगलबार प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेका हुन्।

नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक प्रतिनिधिसभामा पत्र पठाएपछि सभामुख घिमिरेले उनलाई निलम्बन गर्ने निर्णय गरेका हुन्।

गत मंसिर ४मा भएको निर्वाचनमा कोइरी महोत्तरी–१ बाट निर्वाचित भएका थिए ।

उनीमाथि २०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याकाो अरारोपमा उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

प्रकाशित मिति: १७:३२ बजे, मंगलबार, वैशाख १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्