Kathmandu Press

दार्चुलामा हिमपरिहरो, यार्सा टिप्न गएका प्रभावित हुन सक्ने

नाम्पा हिमाल नजिक बोलिनमा यार्सागुम्बा टिप्न गएका ८–९ जना त्रिपाल टाँगेर बसेका थिए।
दार्चुलामा हिमपरिहरो, यार्सा टिप्न गएका प्रभावित हुन सक्ने

काठमाडौं, वैशाख १९ : दार्चुलाको ब्याँस गाउँपालिका–१ बोलिनमा हिमपहिरो गएको छ। मंगलबार दिउँसो पौने ३ बजे गएको हिमपहिरो गएको हो।

हिमपहिरोमा यार्सा टिप्न गएका सर्वसाधारण प्रभावित भएको आशंका प्रहरीले गरेको छ। तर, थप विवरण भने आउने सकेको छैन।

हिमपहिरो गएको क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमाण्डमा ३० जनाको टोली गएका छन्।

नाम्पा हिमाल नजिक बोलिनमा यार्सागुम्बा टिप्न गएका ८–९ जना त्रिपाल टाँगेर बसेका थिए। उनीहरु हिमपहिरोमा परेको आश)का गरिएको छ।

प्रकाशित मिति: १६:५४ बजे, मंगलबार, वैशाख १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्