Kathmandu Press

आन्दोलन थप कडा बनाउने बारको चेतावनी

प्रदर्शनकाक्रममा बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अविलम्व प्रधानन्यायाधीश नियुक्ति नभए आन्दोलन कडा पार्ने बताए ।
आन्दोलन थप कडा बनाउने बारको चेतावनी

काठमाडौं, वैशाख १९ : नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै मंगलवार पनि विरोध प्रदर्शन गरेको छ।

प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिन बारले तीन दिनदेखि विरोध प्रदर्शन गर्दै आएको छ। संवैधानिक परिषद्लाई दबाब दिन बार आन्दोलनमा उत्रेको हो।

बार नेतृत्वमा भएको विरोध कार्यक्रममा कानून व्यवसायीहरुले संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्व गर, सर्वोच्च अदालत र सबै अदालतहरुमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ जस्ता प्लेकार्ड बोकेर बिरोध जनाएका छन्।  

प्रदर्शनकाक्रममा बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अविलम्व प्रधानन्यायाधीश नियुक्ति नभए आन्दोलन कडा पार्ने बताए ।

घिमिरेका अनुसार बार एशोसिएसनका ९० वटै बार युनिटमा विरोध कार्यक्रम भएको छ। विरोध कार्यक्रम एक हप्तासम्म जारी रहने उनले बताए। त्यसपछि पनि समाधान आउन नसके नयाँ किसिमको आन्दोलन घोषणा हुने भनाई घिमिरेको थियो।

 

प्रकाशित मिति: १६:४४ बजे, मंगलबार, वैशाख १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्