Kathmandu Press

मृतक अनुमाका प्रेमी सुजन ढकाल पक्राउ

लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै वीर अस्पतालमा कार्यरत ३४ वर्षीय अनुमाले प्रेमी सुजनको बोहोराटारस्थित घरमा पुगेर आत्महत्या गरेकी थिइन्।
मृतक अनुमाका प्रेमी सुजन ढकाल पक्राउ
आत्महत्या गरेकी स्टाफ नर्स अनुमा श्रेष्ठ ।

काठमाडौं, वैशाख १९ : शनिवार दिउँसो मृत अवस्थामा भेटिएकी स्टाफ नर्स अनुमा श्रेष्ठका प्रेमी सुजन ढकाल पक्राउ परेका छन्।

विवाह गर्न अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको दाबीसहित अनुमाको परिवारले प्रेमी ढकाल तथा उनका बुवा मुरलीप्रसादविरुद्ध प्रहरी वृत्त बालाजुमा आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका थिए।

मंगलवार नै काठमाडौं जिल्ला अदालतले बाबुछोरालाई नै पक्राउ पुर्जी जारी गरेको थियो। प्रहरीले बाबु मुरलीप्रसादलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाउने भएको छ।

लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै वीर अस्पतालमा कार्यरत ३४ वर्षीय अनुमाले प्रेमी सुजनको बोहोराटारस्थित घरमा पुगेर आत्महत्या गरेकी थिइन्। आत्महत्या प्रकरणमा मृतक अनुमाका बुबा गजेन्द्र श्रेष्ठले प्रहरी वृत्त बालाजुमा जाहेरी दर्ता गरेका थिए।

प्रेमी ढकाल कोशी अस्पतालमा कार्यरत थिए । ढकालको बोहोराटारस्थित कोठामा सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले लामो प्रेम सम्बन्ध भए पनि ढकालले विवाह गर्न नमानेको र उनको परिवारले विवाह गर्न नदिएको भन्दै डायरीमा लेखेकी छन्।  

 

 

प्रकाशित मिति: १६:०१ बजे, मंगलबार, वैशाख १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्