देश आर्थिक संकटमा छ, तर सरकार गम्भीर भएन : एमाले अध्यक्ष ओलीले
उनले अबको डेड वर्षभित्र मुलुकको अर्थतन्त्रलाई सही बाटोमा फर्काउन नसके देश असफल राष्ट्रमा परिणत हुने खतरा पैदा हुने जिकिर गरे।
काठमाडौं, वैशाख १९ : एमाले अध्यक्ष केपी ओलीले मुलुकको आर्थिक अवस्था संकटमा पुग्दा पनि यसप्रति सरकार गम्भीर नभएको बताएका छन्।
मंगलबार काठमाडौंमा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले अर्थतन्त्रमा देखिएको समस्याका कारण मुलुक संकटमा सरकार गम्भीर हुन नसकेको र भागबण्डामा रमाइरहेको समेत बताए।
उनले अर्थतन्त्रका कारण देश ध्वस्त हुने अवस्थामा पुग्दा सत्ता बाहेक केही नदेख्ने प्रवृति सरकारमा देखिएको बताए। व्यपारीका प्रतिनिधि राखेर करका दर हेरफेर गर्दा एकाध व्यापारीले अर्बौ कमाएको तर देश घाटामा गएको उनले बताए।
उनले अबको डेड वर्षभित्र मुलुकको अर्थतन्त्रलाई सही बाटोमा फर्काउन नसके देश असफल राष्ट्रमा परिणत हुने खतरा पैदा हुने जिकिर गरे। उनले यही सरकार हरने हो भने देश टाट पल्टने पनि बताए।
‘यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ । देश टाट पल्टिदैछ । तर एउटा उद्योगपति, जो सत्तापक्षीय उद्योगपति उसको ४० अर्ब खुद नाफा एक वर्षमा । एउटा व्यक्तिले चालिस अर्ब थप कमायो, सम्पत्ति बढायो,’ उनले भने, ‘ शमा अहिले स्थानीय तहमा समपूरक बजेट ५० प्रतिशत भन्दा बढि पठाउन सक्दिन भनेर सरकारले लत्तो छोडिसक्यो।’
ओलीले छिटै सरकारले संसदमा ल्याउने नीति तथा कार्यक्रम नक्कली कागजको खोष्टो हुने र बहुमतका बलमा पारित गर्न खोजिने तर्क गरे। उनले देशलाई बर्बादीबाट जोगाउने काम नेकपा एमालेबाहेक कसैले गर्न नसक्ने दाबी पनि गरे।











-1784808429.png)