Kathmandu Press

अनुमा आत्महत्या प्रकरणमा बाबु–छोराविरुद्ध जाहेरी

स्टाफ नर्स अनुमा श्रेष्ठको आत्महत्या प्रकरणमा बोहराटारका डा.सुजन ढकाल र उनका बुबा मुरलीप्रसादविरुद्ध आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको छ।
अनुमा आत्महत्या प्रकरणमा बाबु–छोराविरुद्ध जाहेरी

काठमाडौं, वैशाख १९ : वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको आत्महत्या प्रकरणमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा.सुजन ढकाल र उनका बुबा मुरलीप्रसादविरुद्ध आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको छ।

मृतक अनुमाका बुबा गजेन्द्र श्रेष्ठले प्रहरी वृत्त बालाजुमा जाहेरी दर्ता गरेका हुन्। आज (मंगलवार) प्रहरीले उनीहरुलाई अदालतबाट पक्राउ अनुमति लिने तयारी गरेको छ।

स्टाफ नर्स श्रेष्ठ शनिबार दिउँसो प्रेमी डा. ढकालको घरमा पुगेर झुन्डिएर आत्महत्या गरेकी थिइन्। ढकाल कोशी अस्पतालमा कार्यरत छन् ।

ढकालको बोहोराटारस्थित कोठामा सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले लामो प्रेम सम्बन्ध भए पनि ढकालले विवाह गर्न नमानेको र उनको परिवारले विवाह गर्न नदिएको भन्दै डायरीमा लेखेकी छन्।  

 

प्रकाशित मिति: १४:४१ बजे, मंगलबार, वैशाख १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्