Kathmandu Press

उपेन्द्र यादवद्वारा शपथग्रहण

जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवलाई सभामुख देवराज घिमिरेले मंगलबार संसदको कानुन न्याय तथा मानवअधिकार समितिको कक्षमा शपथ गराएका थिए।
उपेन्द्र यादवद्वारा शपथग्रहण
फाइल तस्बिर।

काठमाडौं, वैशाख १९ : बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।

जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवलाई सभामुख देवराज घिमिरेले मंगलबार संसदको कानुन न्याय तथा मानवअधिकार समितिको कक्षमा शपथ गराएका थिए।

यादव यही वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा निर्वाचित भएका थिए। उपनिर्वाचनमा तनहुँ–१ र चितवन–२ बाट निर्वाचित र स्वर्णिम वाग्ले र रवि लामिछानेले भने यसअघि नै शपथ लिइसकेका छन्।

प्रकाशित मिति: १४:२६ बजे, मंगलबार, वैशाख १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्